कुवेतबाट फर्किएको नेपाली फुटबल टोली आजै ताइपेइ जाने

कुवेतबाट फर्किएको नेपाली फुटबल टोली आजै ताइपेइ जाने

२१ भदौ, काठमाडौँ ।

विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्स अन्तर्गत कुवेतसँगको लज्जास्पद हार बेहोरेर नेपाली टोली आज स्वदेश फर्किएको छ । टोली आजै चाइनिज ताइपेइ प्रस्थान गर्ने पनि बताइएको छ।

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा कुवेतसँग खेलेर नेपाली टोली आजै बिहान काठमाडौं ओर्लिएको थियो। नेपालले कुवेतसँगको खेलमा ७–० को पराजय भोगेको थियो।

खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा ५ गोल खाँदै फराकिलो अन्तरको पराजय भोगेको थियो।

नेपाली टोली आजै बेलुकी चाइनिज ताइपेएई प्रस्थान गर्ने बताइएको छ। नेपालले अब भदौ २४ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ।

नेपाल रहेको समूह बीमा कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलिया रहेका छन्। चाइनिज ताइपेइ पनि यसअघि नै जोर्डनसँग २–१ गोल अन्तरले पराजित भइसकेको छ।

समूह बी मा जोर्डन र कुवेतले समान १र१ खेल जितेका छन् भने नेपाल र चाइनिज ताइपेइले १र१ खेल गुमाएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.