विशेष कार्यक्रमसहित १६ औँ निजामती सेवा दिवस मनाइँदै

विशेष कार्यक्रमसहित १६ औँ निजामती सेवा दिवस मनाइँदै

२२, भदौ, विराटनगर ।

१६ औँ निजामती सेवा दिवस आज देशभर भव्यरुपमा मनाइँदै छ।

‘सक्षम निजामती प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ आज दिवस मनाउन लागिएको हो ।

२०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउन थालिएको हो ।

दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिँदै आएको छ ।

यसैबिच आर्थिक वर्ष २०७४र०७५ मा उत्कृष्ट निजामती सेवा पुरस्कार एवं निजामती सेवा पुरस्कार प्राप्त गर्ने निजामती कर्मचारीलाई आज दिउँसो ४ बजे सिंहदरवारमा आयोजना गरिने विशेष कार्यक्रमका बिच वितरण गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.