२३ भदौ, एजेन्सी ।
क्यारेवियन प्रिमियर लिग सीपीएलमा बार्बाडोस ट्रिडेन्सले पहिलो खेलमा नै हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्बाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेमराजले ६३ रन बनाउदा निकोलस पुरनले ६१ तथा रुथरफोर्डले ३२ रन बनाए ।
जवाफमा सन्दीपको टिम बार्बाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमा अलआउट भयो । बलिङ पनि पुरै ओभर गर्न नपाएका सन्दीपले ब्याटिङमा दुई बल फेस गर्दा शून्य रनमा नै आउट भए । उसका लागि एस्ले नर्सले ४० रन बनाउँदा जेपी डुमिनीले २० तथा जोनसन चाल्र्सले १९ रनको योगदान गरेपछि बाँकि खेलाडी सस्तैमा आउट भए ।