२३ भदौ, एजेन्सी ।
एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलिया इंग्ल्यान्डभन्दा १ सय ८५ रनले विजयी भएको छ । यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । यससँगै अष्ट्रेलियाले एसेज ट्रफी रक्षा गरेको हो ।
पाँचौ दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले टेष्ट बराबरीका लागि अथक प्रयास गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका क्रिग ओभरटन र ज्याक लिचले नवौं विकेटका लागि १३.५ ओभरसम्म टिकेर अस्ट्रेलियाली बलरलाई हम्मेहम्मे पारेका थिए ।
इंग्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो । इंग्ल्यान्डका लागि ओपनर जो डेनली ५३, जेसन रोय ३१, जोनी बेयरस्टो २५ र जस बटलर ३४ रनमा आउट भए ।
अष्ट्रेलियाको जितमा प्याट कमिन्सले ४,जोसन हेजलवुड र नाथन लायनले समान २ विकेट लिए । मिचेल स्टार्कको नाममा १ विकेट रह्यो । स्टिम स्मिथले ३ सय १९ बलमा २४ चौका र २ छक्का सहित २ सय ११ रन जोडेपछि अष्ट्रेलियाले पहिलो इनिङमा ४९७–८ को समाप्तीमा इनिङ समाप्तीको घोषणा गरेको थियो ।
पहिलो इनिङमा इंग्ल्यान्ड ३ सय १ रनमा अल आउट भएपछि १ सय ९६ रनले पछि परेको थियो । पहिलो इनिङमा इंग्ल्यान्डका कप्तान जो रुट ७१ र रोय ब्रुन्सले ८१ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
अष्ट्रेलियाका जोश हेजलवुड ४,मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए । स्मिथले पुन ८२ रनको योगदान दिएपछि १८६–६ को अवस्थामा अष्ट्रेलियाले दोस्रो इनिङको समाप्ती गर्दै इंग्ल्यान्डलाई ३ सय ८३ रनको लक्ष्य दिएको थियो ।
इंग्ल्याण्डलाई पाँचौं टेष्ट जित्नैपर्ने स्थिति छ । किनभने यदि उनीहरु पराजित भए भने घरेलु मैदानमा टेष्ट शृंखला गुमेको सन् २०१४ पछिकै पहिलो हुनेछ ।