२३ भदौ, एजेन्सी ।
युरो कप छनोट अन्तर्गत आइतबारको खेलमा स्पेनले फारोइ आइल्यान्डमाथि ४–० को फराकिलो जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा स्पेनले फारोइ आइल्याण्डलाई पराजित गरेको हो । स्पेनको जितमा रोड्रिगोले दुई तथा पाको अलकेसरले दुई गोल गरेका हुन् । पहिलो हाफमा एक गोल गरेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।
स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २–२ गोल गरे । खेलको १३ औं मिनेटमा नै मिकेल ओराजबालको पासमा रोड्रिगोले स्पेनमा लागि गोलको खाता खोले । स्पेनले बलमा पकड जमाउँदै थप आक्रमण गरेपनि पहिलो हाफमा गोल थप्न भने सकेन ।
दोस्रो हाफको सुरुवातमै रोड्रिगोले स्पेनको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफको इन्ज्युरी समयमा अल्कासेरले दुई गोल गर्दै फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्कासेरले थियागो अलाकान्टराको पासमा पहिलो गोल गरे । लगत्तै जोसे गायनको पास सदुपयोग गर्दै ४–० को जित सुनिश्चित गरे ।