२३ भदौ, एजेन्सी ।
रुसका ड्यानिल मेडभेडेभलाई पाँच सेटको संघर्षपूर्ण खेलमा पराजित गर्दै स्पेनिस नाडालले चौथो पटक युएस ओपनको उपाधि उचालेका छन् ।
दुई वर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई तीन दुईको सेटमा हराए । पाँचौ बरीयताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपूर्ण रुपमा जित निकालेका हुन् ।
सुरुवाती दुई सेट जिते पनि त्यसपछि मेदभेदेभले अरु दुई सेट जित्दै नाडाललाई कडा प्रतिस्पर्धा दिएका थिए । अन्तिम सेटमा भने नाडालको अगाडी २३ वर्षे मेदभेदेभ खासै चल्न सकेनन् ।
नाडालले पहिलो सेट सात पाँचले जितेका थिए भने दोस्रो सेटमा छ तीनको जित हात पारेका थिए । तर तेस्रो सेटमा उत्कृष्ट कमब्याक गरेका मेदभेदेभले सात पाँचले जिते । चौथो सेटमा पनि उनले छ चारको जित निकाल्दै खेल दुई दुई सेटको बराबरीमा पुर्याएका थिए ।
तर अन्तिम सेटा नाडालले छ चारको सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारे ।