२३ भदौ, एजेन्सी । जापानमा भारी वर्षासंगै आएको आँधीले जनजीवन प्रभावित भएको छ ।
फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका छन् । ती शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन सचेत गरिएको छ ।
आँधीका कारण जापानका सय भन्दा बढी हवाई उडानहरु रद्द भएका छन् भने रेलवे सेवासमेत अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिजुली आपूर्ति बन्द हुँदा २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् । सरकारी कार्यालयहरुको कामकारबाही पनि प्रभावित बनेको छ ।
प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधी अझ केही दिन रहने मौसमविद्हरुले जनाएका छन् । केही घरहरुमा क्षति पुगेकाले उद्धारकर्मीहरु परिचालन गरिएका छन् ।