माउन्टेन हेलिकप्टर सुर्खेतमा आकस्मिक अवतरण

माउन्टेन हेलिकप्टर सुर्खेतमा आकस्मिक अवतरण

२३ भदौ, दैलेख ।

हुम्लाबाट सुर्खेतको लागि उडेको माउन्टेन एयरको ’नाइनएन–एएलडी’ हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरिएको छ ।

हेलिकप्टर सोमबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडेको प्रहरीले जनाएको छ । मौसम खराब भएका कारण दैलेखमा आकस्मिक अवतरण गरिएको हो । करिब बिहान ८ बजे दैलेख बारुदथानको खुल्ला चौरमा हेलिकप्टर अवतरण गरिएको हो ।

दैलेखका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले हेलिकप्टरमा चालक दलका तीन जना रहेको जानकारी दिए । मौसम सुधार हुने बित्तिकै हेलिकप्टर उड्ने प्रहरीको नायब उपरीक्षक ओलीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.