२३ भदौ, विराटनगर । अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिता नादेज्दा कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
र्गिस्तानमा जारी पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई ८–२ ले पराजित गरेको नेपाली टोली सोमबार भएको दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो । नेपाली टोलीले गोल गर्ने राम्रा मौका बनाए पनि गोल भने गर्न सकेनन् ।
उज्वेकिस्तान बरियतामा ४४ औँ स्थानमा छ भने नेपाल १०६ औँ स्थानमा छ । पहिलो खेलमा आइतबार प्रभावशाली जित निकाल्ने क्रममा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले चार गोल गरेकी थिइन् । तर सोमबार उनले गोल गर्न सकिनन् ।
पराजित भए पनि नेपालको अघि बढ्ने सम्भावना भने रहेको छ । नेपालले मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।