तोकिएकै समयमा कांगे्रसको राष्ट्रिय महाधिवेशनः देउवा

तोकिएकै समयमा कांगे्रसको राष्ट्रिय महाधिवेशनः देउवा

२४ भदौ, विराटनगर ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लोकतान्त्रिक बिधि र प्रकृया अनुसार सरकार चल्नुपर्ने बताएका छन् ।

कांग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुने क्रममा विराटनगर विमानस्थलमा आएका देउवाले संचारकर्मीसंग कुराकानी गर्दे सरकार आफुखुशी अघि बढेको आरोप लगाए ।

उनले दलहरुसंग छलफल नगरी सरकारले मिडिया काउन्सिल, मानव अधिकार लगायतका विधेयक ल्याएको आरोप लगाए । नेपाली कांग्रेस जहिले पनि प्रेस स्वतन्त्रताको पंक्षमा रहेकाले प्रेसलाई निर्वाध रुपले काम गर्न दिनुपर्ने उनको भनाई थियो ।

सभापति देउवाले संचारजगतको अधिकार कटौतीगर्ने कार्य कांग्रेसलाई मान्य नहुने बताउदै आफुहरु त्यसबिरुद्ध रहेको र संचार जगतभन्दा बढी चिन्तित रहेको दाबी गरे ।

संचारकर्मीले राखेको प्रश्नको जवाफ दिदै सभापति देउवाले तोकिएको मितिमा कांग्रेसको राष्ट्रिय महाधिवेशन हुने वताए ।

उनले संघीय संरचना अनुसार समिति गठन गरेर निर्धारित समयमा महाधिवेशन सम्पन्न हुने वताए । पार्टी भित्र हुने सानातिना विवादलाई लिएर कांग्रेसमा एकता छैन भन्न नमिल्ने बताउदै देउवाले कांग्रेसलाई थप संगठित बनाउन आफु लागि परेको दाबी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.