२५ भदौ, काठमाडौं ।
नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताएका छन् ।
यू–१९ एसिया कप क्रिकेट खेलेर स्वदेश फिर्ता भएको टिमका कप्तान पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदै सो बताएका हुन् । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।
नेपालले अन्तिम खेलमा भने यूएईमाथि १६० रनको फराकिलो जित निकालेको थियो । नेपाली टोलीको स्वागतका लागि कोही पनि विमानस्थल पुगेका थिएनन् ।