नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश रिहा

नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश रिहा

२६ भदौ, चितवन । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ ।

चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेको भन्दै प्रकाशसहित १५ जना विद्यार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.