२६ भदौं, विराटनगर । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान आमुनेसामुने हुदैछन् ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयानुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । नेपाल पहिलो पटक कुनैपनि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रदैछ ।
समुह चरणमा उज्वेकिस्तानसँग २–० ले हारेको नेपाललाई आज हारको बदला लिने अवसर मिलेको छ । तर महिला फुटबलको फिफा वरियतामा ४४ आंै स्थानमा रहेको उज्वेकिस्तान विरुद्धको खेल १ सय १ औं स्थानमा रहेको नेपालका लागि कठिन हुनेछ ।
फिफा बरियता नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागी गराएर नादेझ्दा कप महिला फसटबल प्रतियोगिता आयोजना गरेको हो ।
राउण्ड रोविन लिगको आधारमा खेलाईएको प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्न लागेका हुन् । नेपालले समुह चरणमा आयोजक किर्गीस्तानलाई ८–२ ले तथा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो । उज्वेकिस्ताननले भने समुहका तिनवटै खेल जितेको थियो ।
नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि नेपाली महिला फुटबल टोली किर्गीस्तान पुगेको हो ।