२६ भदौ, विराटनगर ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनमा बार्बाडोस ट्राईडेन्टसले क्यारेवियन प्रिमियर लिग २०१९ मा पहिलो जित हात पारेको छ ।
विहीबार विहान सम्पन्न खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले हराउँदै बार्बाडोसले पहिलो जित हात पारेको हो ।
बारबार ट्राईडेन्टसबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चेर तीन विकेट लिए ।
खेलमा उनी म्यान अफ द म्याच बने । टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।
१८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सले १६८ रनमा समेटियो ।