सीपीएलमा बार्बाडोसको जित, सन्दीप ‘म्यान अफ द म्याच’

सीपीएलमा बार्बाडोसको जित, सन्दीप ‘म्यान अफ द म्याच’

२६ भदौ, विराटनगर ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनमा बार्बाडोस ट्राईडेन्टसले क्यारेवियन प्रिमियर लिग २०१९ मा पहिलो जित हात पारेको छ ।

विहीबार विहान सम्पन्न खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले हराउँदै बार्बाडोसले पहिलो जित हात पारेको हो ।

बारबार ट्राईडेन्टसबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चेर तीन विकेट लिए ।

खेलमा उनी म्यान अफ द म्याच बने । टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

१८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सले १६८ रनमा समेटियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.