२६ भदौ, बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोलामा बिहान ५ बजे आगजनी भएको हो । यात्रुहरु भने सकुशल छन् ।
प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहले गाडीलाई साइड लगाएर बाटो अवरोध नहुने गरी आगजनी भएको बताए ।
गाडीमा आगजनी कसले र के कारणले लगाायो भन्ने खुल्न बाँकि रहेको र घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको शाहले बताए ।