डेंगुबाट विराटनगरका एक युवाको मृत्यु

डेंगुबाट विराटनगरका एक युवाको मृत्यु

२७ भदौ, काठमाडौं ।  विराटनगरमा ६ दिनदेखि डेंगुको संक्रमण भएका १ किशोरको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्मा रहेका छन् । शर्मा विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए ।

शर्माका पारिवारिक स्रोतका अनुसार उनलाई भदौ २० गते सामान्य ज्वरो आएको थियो । सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो ।

अस्पतालका फिजिसियन डा. अरविन्द साहले अस्पतालमा भर्ना भएका साहमा डेंगुको संक्रमण पुष्टि भएको बताए । अहिले मुलुकका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिसकेको छ । प्रदेश १ मा डेंगु संक्रमितको संख्या करिब ४ हजार पुगिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.