प्रत्येक प्रदेशमा मुख्य हवाई केन्द्र बनाउने सरकारको तयारी

प्रत्येक प्रदेशमा मुख्य हवाई केन्द्र बनाउने सरकारको तयारी

२८ भदौ, टीकापुर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित स्वागत कार्यक्रममा उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तब्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा÷एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको बताए ।

उनले भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.