२८ भदौ, विराटनगर ।
जुनियर जेसीजको आयोजनामा ३ दिने अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता शुक्रबार विराटनगरमा सम्पन्न भएको छ ।
खेलमा विराटनगरका संस्थागत तथा सामुदायिक २७ वटा विद्यालयहरुको सहभागीता रहेको थियो । ५ वटा समुहमा खेलाइएको टेबल टेनिस प्रतियोगितामा क्याडेड व्याइज तर्फ बुढानिलकण्ठ स्कुलका यश जैन र डिएभी स्कुलका निहार अटल दोस्रो, बुढानिलकण्ठ स्कुलकै अनव भट्ट र सगरमाथा स्कुलका गोरङ राई तेस्रो भएका छन् ।
त्यसैगरि क्याडेड गल्र्स तर्फ सगरमाथा स्कुलकी लक्ष्मी साह प्रथम, रुवी मेहता दोस्रो, बेदिग यादव र बुढानिलकण्ठ स्कुल नेहा ठकुरी तेस्रो भइन् । त्यस्तै जुनियर व्याइज तर्फ बुढानिलकण्ठका विश्व बानियाँ प्रथम, डिएभी स्कुलका कृष शर्मा दोस्रो र युरो किड्स नेपालका परिजंग बस्नेत र शिक्षादिपका रोशन साह तेस्रो भएका छन् ।
त्यसैगरी जुनियर गल्स तर्फ नमूना स्कुलकी अञ्जली साह प्रथम, डिपिएस स्कुलका पाखी अग्रवाल दोस्रो, सगरमाथा स्कुलकी रेशिमा बुढाथोकी र एन्जल पन्त तेस्रो भएका छन् । त्यस्तै टिम इभेन्टमा बुढानिलकण्ठ स्कुल प्रथम, दिल्लि पब्लिक स्कुल दोस्रो, आदर्श र एभरेष्ट स्कुल त्रितिय भएका छन् ।
प्रतियोगितामा बेष्ट प्लेयर्स छात्र तर्फ नमुना विद्या मन्दिरका रियान श्रेष्ठ भएका छन् भने छात्रा तर्फ सनसाइन स्कुलकी करिश्मा खातुन भएकी छिन् । डिसिप्लेन स्कुल अवार्डबाट सुन्दर हरैचाको सुविजिमुर स्कुल सम्मानित भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई जनही २ हजार ५ सय, १ हजार ५सय, र ५ सय नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ । त्यस्तै टिम इभेन्टमा प्रथम हुने टिमलाई ५ हजार १ सय तथा मेडल प्रदान गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र प्रायोजकका तर्फबाट महेश जाजुले विजेतालाई नगद तथा मेडल प्रदान गरेका थिए ।
विराटनगर जुनियर जेसीजको आयोजना र एसियन थाइफुड्सको प्रायोजनमा १८ औं अन्तर विद्यालय स्तरिय जेसिज रमपम प्रतियोगिता शुक्रबार विराटनरमा सम्पन्न भएको हो ।