२८ भदौ, विराटनगर । विराटनगर महानगरपालिकामा फैलिएको डेगुंको सक्रमण रोक्न विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफै मैदानमा उत्रिएका छन् ।
डेंगुको प्रकोप नियन्त्रणका महानगरले सुरु गरेको विद्यालय केन्द्रित कार्यक्रममा मेयर पराजुलीले आफैले फगर मेसिनमार्फत ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी गरेका हुन् ।
शनिवार वाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अभियानको मेयर पराजुलीले नगर स्थित आदर्श माध्यमिक विद्यालयमा थालनी गरेका हुन । यससंगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ् गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए ।

शनिवार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी ,गैर सरकारी कार्यालय,सामुदायिक विद्यालय,नीजि विद्यालयहरुमा फगर मेसिनवाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमश गर्दे जाने महानगरको योजना छ ।
यस अभियान संगै विराटगरमा संक्रमणको अवस्था घट्ने मेयर पराजुलीले बिश्वास ब्यक्त गरेका छन् । केही महिनाअघि देखि देखिएको डेगुंबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ भने १४ जना संक्रमित भएका छन् । सुनसरीको धरानमा महामारीकै रुपमा देखिएको डेंगु अहिले देशका ५४ वटा जिल्लामा देखिएको छ भने यसबाट आधा दर्जनबढीको ज्यान गईसकेको छ ।