२९ भदौ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सबै निकायहरुको समन्वयमा मात्र सबैप्रकारका सुरक्षा चुनौतीहरुको सामना गर्न सकिने बताएका छन् ।
गृह मन्त्रालय र प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्तरुपमा विराटनगरमा आयोजना गरिएको प्र्रदेशस्तरिय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दे उनले प्रदेश भित्रका सुरक्षा चुनौतीहरु सरोकारवालासबैको सहकार्यमा मात्र समाधान गर्न सकिने बताए ।
मुख्यमन्त्री राईले सुरक्षा चुनौतीहरुबाट प्रदेश–१ समेत अछुतो नरहेको बताउदै उनले प्रदेशमा चन्दा आतंक,मानव बेचबिखन,लागुऔषध ओसारपसार,साइबर अपराध जस्ता संगठित अपराधहरु विद्यमान रहेको बताए । उनले हत्या,लुटपाट र चोरी जस्ता सामाजिक अपराधहरुको साथै पछिल्लो देशब्यापीरुपमा देखिएको डेंगुको महामारीले प्रदेश १ नै सबभन्दा बढी आक्रांत रहेको बताए ।
अरु थुप्रै प्रकारका चुनौतीहरु रहेको बताउदै मुख्यमन्त्री राईले यतिविध्न चुनौतीहरु समाधान गर्न सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको विचार ब्यक्त गरे ।
मुख्यमन्त्री राईले संघ,प्रदेश र स्थानिय तहका साथै सुरक्षा निकाय र सरोकारवाला सबैको सहकार्यमा मात्र चुनौतीहरुको सामना गर्न सकिने प्रष्टाए । उनले प्रदेशस्थित सुरक्षा निकायलाई थप सुदृढ बनाउन भौतिक संरचना निर्माण देखि आवश्यक सवारीसाधन समेत प्रदेश सरकारले उपलब्ध गराएको बताए ।
मुख्यमन्त्री राईले भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारले शुन्य सहनशिलता अपनाएको बताउनुहुंदै भ्रष्टाचार र अनियमितता पुष्टि भए एक घन्टा भित्र एक्सन लिने आफ्नो अडान समेत दोहो¥याए ।
कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपी सहित प्रदेशस्थित १४ जिल्लाका सुरक्षा निकाय तथा प्रशासन प्रमुखको सहभागिता छ । सुरक्षा गोष्ठीले प्रदेश १का लागि नयाँ सुरक्षा रणनीति तय गर्ने बताइएको छ ।