सन्दीप रहेको टिम बार्बाडोस जमैकासँग ४ विकेटले पराजित

सन्दीप रहेको टिम बार्बाडोस जमैकासँग ४ विकेटले पराजित

३० भदौ, विराटनगर । क्यारेवियन प्रिमियर लिगमा सन्दीप लामिछाने रहेको टिम बार्बाडोस जमैकासँग ४ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

उसका लागि एश्ले नर्सले ३७ तथा जेपी डुमिनीले ३१ रन बनाए । त्यस्तै, लेनिको बाउचरले १५ तथा एलेक्स हेल्स र जोन्सन चार्ल्सले १२र१२ रन बनाए । सन्दीपले अविजित रहदै १० रन बनाए ।

जमैकाका जाहिर खानले ३ विकेट लिए । यस्तै, जर्ज वर्कर र रामेल लेविसले २-२ विकेट लिए । बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

जमैकाको जितमा कप्तान चाडविक वाल्टन अविजित रहदै ५१ रन बनाए । यस्तै ग्लेन फिलिप्सले २८ रन जोड्दा जाभिले ग्लेनले २७ रन बनाए । क्रिस गेलले २२ रन बनाए ।

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २र२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए । यो सँगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।

यो जमैकाको पहिलो जित हो । जमैकाले ५ खेलमा २ अंक जोडेको छ । जमैका अंक तालिकाको पुछारमा छ । बार्बाडोसको यो दोस्रो हार हो । बार्बाडोसले ३ खेलमा २ अंक जोडेको छ । बार्बाडोस पाँचौ स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.