विराटनगरको सडकमा धान बोकेको ट्रक पल्टियो

विराटनगरको सडकमा धान बोकेको ट्रक पल्टियो

३० भदौ, विराटनगर ।

२२ टन धान लोड गरिएको एउटा ट्रक विराटनगरस्थित कोशी अस्पताल अगाडि पट्टि पल्टिएको छ ।

भारत, बिहारबाट धान लोडगरि विराटनगर आएको बि.आर.०६ जी.सी.१०९१ नम्बरको भारतीय नम्बर प्लेटको सो ट्रक सडकको बीचमा खनिएको खाडलमा परेका कारण पल्टिएको हो ।

निर्माण कार्यकालागि सडककोबीचमा खनिएको खाडल माटो हालेर पुरिएपनि प्रेस नगरिएका कारण चक्का भास्सिएर ट्रक पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

१२ चक्के सो ट्रकले स्थानीय बोहरा मिलकालागि बिहारबाट धान लिएर आइरहेको थियो । ट्रकमा २२ टन धान लोड रहेको ट्रक चालक रमेश महतोले जानकारी दिए । खाडल मज्जाले नपुरिएको र छेउछाउमा चेतावनीमुलक चिन्ह समेत नराखिएका कारण दुर्घटनामा परेको उनले गुनासो गरे ।

दुर्घटनापछि ट्रकले कोशी अस्पताल अगाडि उत्तरपूर्वतर्फको आधा सडक ढाकेको छ । ट्रकमा लोड रहेको धान ट्रयाक्टर मार्फत ओसारिएको थियो । ट्रकका चालक र सहचालकलाई सामान्य चोटपटक लागेको छ ।

विराटनगरमा जारी निर्माण कार्यमा ठेकेदारपक्षले लापरवाही गर्ने गरेका कारण दिनहुँ सानातिना दुर्घटना हुनुका साथै सवारी साधन पल्टिने गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.