प्रतिनिधिसभामा कांग्रेसको आजपनि अवरोध

प्रतिनिधिसभामा कांग्रेसको आजपनि अवरोध

३० भदौ, काठमाडौं ।

प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गछौं भन्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाउदै आ आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।

सांसद रोका क्षेत्रीको भनाईको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराजाजी गरेका हुन् । अहिले पनि नेपाली विरोध जारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.