३१ भदौ, काभ्रे ।
काठमाण्डौंका लागि सोलुखुम्बुको लुक्लाबाट उडेको तीन वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।
खराव मौसमका कारण सिम्रिक एअरका दुईवटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिए ।
चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् । हेलिकप्टर रहेको स्थानमा पुगेका प्रहरी निरीक्षक (एसपी) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६÷६ जनाका दरले १८ जना र कैलास हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु रहेका छन् ।
त्यस्तै हेलिकप्टरमा केही विदेशी यात्रु समेत रहेको उनले जानकारी दिए । सबै २१ यात्रु सुरक्षित रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौ लागि उड्ने जनाइएको छ ।