३१ भदौ, वीरगञ्ज ।
चट्याङ लागेर बाराको सिम्रौनगढ़ नगरपालिकामा एकजनाको ज्यान गएको छ ।
सिम्रौनगढ़ नगरपालिका वडा नम्बर ११ भगवानपुरका ४० वर्षीय प्रभु साह तेलीको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको बारा प्रहरीले जनाएको छ ।
आफ्नो खेतमा पम्पिंग सेटबाट पानी तान्ने क्रममा अचानक चटयाङले लागेर उनको ज्यान गएको प्रहरीलले जनाएको छ ।
सोमबार अपरान्ह परेको चट्याङ लागेर अर्का एकजना घाइते भएका छन् । आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ४ कोइलिडीह निवासी ३० वर्षीय विजय यादव चट्याङ लागेर घाइते भएका हुन् ।