३१ भदौ, काठमाडौं ।
नेपाली गायक राजेश पायल राईको घरमा सोमबार साँझ आगलागी भएको छ ।
बानेश्वरस्थित उनको घरमा लागेको आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । तर आगलागीमा के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन ।
आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर रहेका राजेशले आगलागीपछि फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन ।। मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ।।अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया,सुझाव नजलोस् ।।
‘गल्ती, कमी कमजोरी मान्छेबाट हुन्छ भन्थे भगवानबाट नि हुँदो रहेछ, उनैले दिए उनैले लगे अब उनैले दिनेछन् एक दिन फेरि गल्ती नगरिकन’ गायक राइले फेसबुकमा लेखेका छन् ‘