३१ भदौ, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६९ वर्ष पुगेका छन् । आज (मंगलबार) मोदी आफ्नो जन्मदिन मनाउँदैछन् ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जन्मदिनको बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन् ।
शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् ।