३१ भदौ, काठमाडौं ।
राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन ।
सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसंग भएको सम्झौता लागू गर्न सरकारको ध्यानाकर्षण गराइन ।
सांसद खिमकुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैया घोटला भएको भन्दै सो आदेश बारे चासो देखाउदै सो सम्बन्धमा सरकारको धारणा माग गरे ।
सांसद चक्रप्रसाद स्नेहीले राष्ट्रप्रमुख लगायत राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गालीगलौज गर्दै हिड्ने छाडा प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।