जनआन्दोलन स्वर्ण पदक मरणोपरान्त सुशील कोइरालालाई

जनआन्दोलन स्वर्ण पदक मरणोपरान्त सुशील कोइरालालाई

३१ भदौ, काठमाडौं ।

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिने भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री कोइरालालाई संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आगामी ३ असोजमा सो पदक प्रदान गर्न लागेको हो ।

प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको बताए । सो पदक राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख अतिथ्यतामा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ ।

यसअघि उक्त पुरस्कार कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो भने त्यसअघि पूर्वराष्ट्रपति रामवरण यादव, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई दिइएको थियो ।

यसैगरी शान्ति नायक गिरिजाप्रसाद कोइरालालाई समेत मरणोपरान्त सो पदक प्रदान गरिएको थियो । २०६२÷०६३ को जनआन्दोलन सफल भएदेखि २०६४ देखि हरेक वर्ष यो पदक प्रदान गरिँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.