सडक ब्यवसायीलाई कानुनी दायरामा ल्याउन सरोकारवालाहरुको सुझाव

सडक ब्यवसायीलाई कानुनी दायरामा ल्याउन सरोकारवालाहरुको सुझाव

३१ भदौ, विराटनगर ।

सडक पेटी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

विराटनगरस्थित होटल नमस्कारमा मंगलबार विकल्प, एन अल्टर्नेटिभले आयोजना गरेको नीतिगत बहसमा सडक तथा फुटपाथ व्यवसाय विषयमा वक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले सडक पेटी व्यवसायहरुले भोग्दै आएका समस्याहरुलाई मध्यनजर गर्दै सरकारले दिगो सहरी विकासको निम्ति सडक पेटी व्यवसायीहरुको महत्व र योगदानलाई मनन गरी उनीहरुको व्यवस्थापनको निम्ति नीति नियम बनाउन तदारुकताका साथ पहल गर्न जरुरी रहेको भन्दै प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले सडक व्यवसायीहरुलाई प्रमाणीकरण गरी आधिकारिकता प्रदान गर्न स्थानीय तथा प्रदेश सरकारलाई सुझाएका छन् । जसले सडक तथा फुटपाथ व्यवसायीहरुलाई प्रतिबन्ध र बलजफ्ती हटाउने जस्ता क्रियाकलापलाई निरुत्साहित गरी कानुनी संरक्षण प्रदान गर्ने उनीहरुको भनाइ थियो ।

वक्ताहरुले सडक व्यवसायीहरुलाई सामान्य कर प्रणाली मार्फत सामाजिक सुरक्षाको विकल्प दिन पनि सुझाव दिएका छन् । उनीहरुले सडक व्यवसायीलाई उचित स्थान व्यवसाय सञ्चालनका लागि उपलब्ध गराउन र निर्धारित क्षेत्र बाहिर व्यवसाय गरेको पाइएको खण्डमा मात्र प्रशासनले मालसामान जफत गर्न पाउने बताएका छन् ।

सरकारले सडक पेटी व्यवसायिक व्यवस्थापन गर्न पहलकदमी लिए सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा गर्नका निम्ति केही हदसम्म सहयोग पुग्ने उनीहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.