युइएफए च्याम्पियन्स लिग फुटबलमा आयाक्सको प्रभावशाली जित

युइएफए च्याम्पियन्स लिग फुटबलमा आयाक्सको प्रभावशाली जित

१ असोज, एजेन्सी ।

डच क्लब आयाक्सले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।

आयाक्सले मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रेन्च क्लब लिलमाथि ३–० को जित निकालेको हो ।  उसको जितमा क्वीन्सी प्रोमिस, एड्सन अल्भारेज र निकोलस ट्याग्लियफिकोले गोल गरे ।

अघिल्लो सिजन उच्च प्रदर्शन गरेक केही मुख्य खेलाडीहरु गुमाएको आयाक्सले खेलको १८औं मिनेटमा प्रोमिसको गोलबाट अग्रता लिएको थियो । उनले निकोलसको उत्कृष्ट क्रस पासमा प्रोमिसले गोल गर्न सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता लिएको आयाक्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५०औं मिनेटमा डेभिड नेरेसका पासमा एड्सन अल्भारेजले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए ।

६२औं मिनेटमा हाकिमी जियाचको पासमा निकोलसले गोल गर्दै घरेलु टोलीलाई ३–० को जित दिलाए । जितसँगै आयाक्सले समूह ‘एच’ मा ३ अंक जोडेको लिल पुछारमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.