टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

२ असोज, काठमाडौं । नेपालले आसन्न सिंगापुर र ओमानमा हुन लागेको टी–२० क्रिकेट सिरिजका लागि टिम घोषणा गरेको छ ।

नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वेविरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनसँगको सिरिज खेल्ने छ । मातृशोकका कारण घर फर्किएका प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएकाले बिहीबार नेपाली टिमको घोषणा गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको प्रतिबन्धमा परेकाले प्रशिक्षक, कप्तान र आईसीसीका प्रतिनिधिले टिम छनोट गर्दै आएका छन् ।

आसन्न दुवै सिरिजका लागि घोषणा गरिएको १५ सदस्यीय टिममा कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन् ।

नियमित उप–कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिजमा सहभागिता नजनाउने भएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् ।

यसैगरी शरद भेषावकर र बसन्त रेग्मीलाई विश्राम दिइएको छ । १५ सदस्यीय टिममा इशान भने पहिलो पटक टिममा पर्न सफल भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.