प्रहरी हबल्दारद्वारा नै बालिकामाथि जवरजस्ती

२ असोज, डोल्पा ।

त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका प्रहरी चौकी त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ वर्षीया बालिकालाई जवरजस्ती बलात्कार प्रयास गरेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्ययनरत १२ वर्षीया एक वालिकालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती बलात्कार प्रयास गरेको पीडितका आफन्तले प्रहरी चौकी त्रिपुराकोटमा दिएको निवेदनमा उल्लेख छ ।

पीडितले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन । दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछिस्थिति तनावग्रस्त भएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.