कसैको रहर वा लहडमा संविधान संशोधन हुदैनःईश्वर पोखरेल

कसैको रहर वा लहडमा संविधान संशोधन हुदैनःईश्वर पोखरेल

२ असोज, काठमाडौं ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका भएका उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील दस्ताबेज भएकाले यसको संशोधन हुने भएतापनि त्यसलाई कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने अडान राखेका हुन् ।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले आवश्यक्ता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पनि स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेलले संविधान भित्रै संशोधनको प्रावधान राखिएको उल्लेख गर्दै केहीकेही मानिसहरुले त्यसविरुद्ध वकालत गर्ने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले संविधान हतारोमा जारी गरिएको भन्ने तर्क सैह्य नहुने चेतावनी पनि दिए । सबै राजनीतिक दलहरुको कार्यसूचि अनुसार जारी भएको संविधानलाई हतारोमा जारी गरिएको भन्नु आफैंमा खण्डनीय तर्क हुने उनको दावी छ ।

उपप्रधानमन्त्री पोखरेलले विधि, प्रक्रियासम्मत ढंगले जारी गरिएको संविधान विभिन्न कोणबाट हतारोमा जारी गरिएको भन्ने भनाई आएको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.