३ असोज, विराटनगर । संविधान दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरेको छ । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको अवसरमा प्रदेश स्तरीय बिशेष कार्यक्रमको आयोजना गरी संविधान दिवश मनाएको हो ।
विराटनगरको शहिद मैदानमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताको हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न यतिखेरको आवश्यक र चुनैति रहेको बताए ।
उनले संविधान आफै कार्यान्वय हुने कुरा नभएको भन्दै मुख्मन्त्री राईले नीति,नियम,कानून योजना पद्धति र संस्कारबाट यसको व्यवहारिक कार्वान्वय गर्न आवश्यक रहेको बताए ।
प्रदेश सरकार संविधानलाई व्यहारमा लागू गर्ने कसरतमा रहेको र यो अभ्यास जारी रहने उनले बताए । मुख्यमन्त्री राईले स्वच्छ,सुखी र समृद्ध प्रदेशको मुल दृष्टिकोणसहित पहिलो आवधिक योजना थालेको पनि जानकारी दिए ।
उनले प्रदेश सरकारले मूलत कृषि,पर्यटन,उद्योग,पूर्वधार विकास,सामाजिक मानविय विकासलाई प्राथमिकतामा राखेर सोही अनुसार योजना तयार पारी काम गरिरहेको बताए ।
संविधान दिवशकै अवसरमा प्रदेश सरकारले जनही पाँच लाख नगद सहित २४ औ पटक सगरमाथा आरोहण गरी विश्व कृतिमानी कामिरिता शेर्पा,अल्ट्रा धाविका मिरा राई र राष्ट्रिय गानका रचयता व्याकुल माइलालाई विशेष सम्मान गरको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाली प्रहरीको विशेष प्रस्तुती रहेको थियो । सो अबसरमा विभिन्न जात जातिको जातिय झाँकी प्रस्तुत गरिएको थियो ।
विशेष समारोहमा प्रदेश प्रमुख तम्बाहाङ, मुख्यमन्त्री राई, सभामुख प्रदिपकुमार भण्डारी, सरकारका अन्य मन्त्रीहरु, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतको सहभागीता रहेको थियो ।
विराटनगर स्थित आदर्श माविबाट विहान प्रभातफेरी, त्यसपछि शहीद रंगाशालामा विशेष समारोह, आयोजना गरिएको थियो ।
त्यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र विराटनगरको महेन्द्र चौकमा राखिएका ठूला आकारको राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका थिए ।
सर्वसाधारणको सहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपूर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हाते झण्डा निर्माण तथा प्रचार प्रसार गरेको छ ।