३ असोज, विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको भन्सार क्षेत्रमा झण्डोत्तोलन गरेका छन् ।
संबिधान दिवसको अवसर पारेर रानीस्थित भन्सार क्षेत्रमा स्थायी रुपमा निर्माण गरिएको स्तम्भमा राखिएको झण्डा मन्त्री घिमिरेले झण्डोत्तोलन गरेका हुन् । सो अवसरमा उनले संबिधान दिवसको अवसर पारेर प्रदेश सरकारले प्रदेशका केहि महत्वपूर्ण स्थानहरुमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको जानकारी दिए ।
उनले सकरकारको निर्णय अनुसार प्रदेश एकको राजधानी विराटनगरको एयरपोर्ट,महेन्द्र चोक र मिल्स एरियाको रानी भन्सार क्षेत्रमा स्थायीरुपमा झण्डा राखिएको बताए ।
मन्त्री घिमिरेले वर्तमान संविधान संसारकै उत्कृष्ट संबिधान रहेको उल्लेख गर्नुहुंदै नेपाली जनताको ७ दसक लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई वर्तमान संबिधानमा दस्तावेजीकरण गर्न जनता सफल भएको बताए ।
मन्त्री घिमिरेले संबिधानको मर्मलाई कार्यान्वयन गर्न सरकारलेमात्र होइन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने आव्हान समेत गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राई लगायत स्थानियबासीको सहभागिता थियो ।