सेन्ट लुसिया जुक्स ७१ रनले पराजित

सेन्ट लुसिया जुक्स ७१ रनले पराजित

४ असोज, एजेन्सी ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिन्डेट्सले दोस्रो जित निकालेको छ । बार्बाडोससंग सेन्ट लुसिया ७१ रनले पराजित भएको हो ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा १ सय १ रनमा अल आउट भयो । उसका लागि हार्डस भिलोजेन ३१ र कोलीन डी ग्राण्डहोमले २८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बार्बाडोसलाई सहज जित दिलाउन कप्तान जोसन होल्डर र जोशुआ बिशपले समान २ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने,जोश लालोर र रेमोन रिफरले समान १ विकेट लिए । सन्दीपले ३।५ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।

ओपनर जस्टिन ग्रीब्सले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर जोसन चाल्र्सले १९ बलमा १ चौका र २ छक्का सहित २८ रनको योगदान दिए ।

जोनाथन कार्टरले २१ बलमा ४ छक्का सहित ३०,जेपी ड्युमिनीले १८ रनको योगदान दिए । एलशे नर्श १५ रन जोडे । लुसियाका केस्रिक विलियम्सले सर्वाधिक ३ र ओबेद म्याकोयले २ विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.