ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

५ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन् ।

गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरे मात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने पनि स्पष्ट पारे ।

आइतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै उनले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह गरे ।

विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धि समस्या पनि स्वतहः घटेर जाने गृहमन्त्री थापाको भनाई छ ।

गृहमन्त्री थापाले सिंगो मुलुक नै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढेकाले पनि यातायात क्षेत्रमा समस्या देखिएको तर्फ पनि सबैलाई सचेत गराए ।

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.