५ असोज, काठमाडौं । काठमाडौंमा जारी साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुदैंछ ।
पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी गर्दै प्रतियोगिताको सुरुवाात गरेको डिफेन्डिङ च्याम्पियन नेपालले भुटानविरुद्ध सहज जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा छ । तर, भुटान भने नेपालमाथि अप्रत्यासित नतिजा निकाल्दै नेपाललाई स्तब्ध बनाउने दाउमा छ ।
दोस्रो संस्करणको समूह चरणमा भुटानले नेपालमाथि १–० ले पराजित गरेकाले भुटानसँग सजग भएर खेल्नुपर्ने नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठ बताउँछन् । पहिलो खेल खेल्न लागेको भुटान यदि आइतबार बराबरीमा रोकिएमा सेमिफाइनल पुग्ने होड सबैका लागि खुला हुनेछ ।
पहिलो पटक नेपालमै आयोजना भएको यू १८ साफ च्याम्पियनसिपको उपाधि नेपाललै नै जितेको थियो भने भुटानमा भएको दोस्रो संस्करणको उपाधि पनि नेपालले जितेको थियो ।