नेपाल प्रहरीमा ३५ सय दरबन्दी थप्न प्रस्ताव

नेपाल प्रहरीमा ३५ सय दरबन्दी थप्न प्रस्ताव

५ असोज, काठमाडौं । तीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित ३ हजार ५ सय ९६ जनाको दरबन्दी थप्न नेपाल प्रहरीमा प्रस्ताव पेश गरिएको छ ।

गृह मन्त्रालयले दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरेको हो । गृहका एक अधिकारीका अनुसार सो प्रस्ताव मुख्यसचिव समक्ष पेस भइसकेको छ । आगामी मन्त्रीपरिषद् बैठकबाट प्रस्ताव पास हुनेछ ।

प्रहरी प्रवक्ता डीआईजी विश्वजराज पोखरेलले मुलुक संघीय व्यवस्थामा गएको अवस्थामा नयाँ दरबन्दीका लागि प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्न आग्रह गरेको बताए ।

उनका अनुसार १ सय ८६ नयाँ प्रहरी युनिट स्थापना गर्न थप दरबन्दी आवश्यक छ । हाल प्रहरीमा प्राविधिक र गैरप्राविधिकतर्फ ७५ हजार ९ सय २७ को दरबन्दी छ ।

त्यसमा चार हजार पदपूर्ति हुन सकेको छैन । हाल देशभर प्रहरीको युनिट संख्या २ हजार ५ सय ६४ छ । प्रवक्ता पोखरेलका अनुसार बढाइएको दरबन्दी स्वीकृत भएको अवस्थामा २ सय इलाका र चौकीका लागि दरबन्दी थप हुनेछ ।

प्रहरीले लामो समयदेखि दरबन्दी थपको माग गर्र्दै आएको छ । मुलुक संघीय संरचनामा गइसकेकाले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न अझै १५ देखि २० हजारको संख्यामा जनशक्ति आवश्यक रहेको प्रहरी अधिकारीले औंल्याउँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.