कांग्रेसको विरोधका बीच मनमोहन विश्वविद्यालय विधेयक प्रतिवेदन संसदमा पेश

कांग्रेसको विरोधका बीच मनमोहन विश्वविद्यालय विधेयक प्रतिवेदन संसदमा पेश

५ असोज, विराटनगर । प्रदेश १ मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजीका बीच मनमोहन प्राविधिक विश्वविद्यालयको व्यवस्था गर्न बनेको विधेयक प्रदेश संसदमा पेश भएको छ ।

सामाजिक विकास समितिकी सभापति सीता थापाले प्रतिवेदन बैठकमा पेश गरेकी हुन् । प्रतिवेदनसहितको विधेयक पेश भएसगै सोमबारसम्मका लागि बैठक स्थगित भएको छ ।

प्रदेश सभाको बैठकमा पहिलो पल्ट प्रतिपक्ष नेपाली कांग्रेसले रोष्टम घेराउ गरि सरकारविरुद्व नाराबाजी गरेको हो ।

 

यस अघि पनि सोमबार र मंगलवार लगातार कांग्रेसले विधेयकलाई सच्याउन माग गदै बैठकमा लगातार विरोध जनाएपछि संसद बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.