गृष्मा ब्रोडकास्टिङले ‘नेपाल आइडल ३’का टप ३ लाई वर्ल्ड टुर गराउने

५ असोज, काठमाडौँ ।
‘नेपाल आइडल सिजन ३’ का टप ३ लाई गृष्मा ब्रोडकास्टिङले वल्र्ड टुर गराउने भएको छ ।आईतबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब नेपाल आइडलको टप ३ को वल्र्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ । नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको गृष्माले नेपालमा ‘सप्तरंग’ को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ ।

नेपालको साङ्गीतिक क्षेत्रमा एउटा नयाँ र फरक सुरुवात गरेको साङ्गीतिक रियालिटी सो नेपाल आइडलले सफलता पुर्व आफ्ना दुई सिजन सम्पन्न भई यतिबेला तेस्रो सिजनको तयारीमा छ । गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन २ का विजयी टोलीलाई मुनलाइट्स रेकड्र्ससंगको सहकार्यमा अमेरिकामा टुर समेत गर्दैछ ।
नेपाल आइडलसँग जोडिन पाउँदा निकै खुशी भएको गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरेले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.