६ असोज, झापा ।
झापाको मेचीनगर नगरपालिका–६ बाट १४ बोतल स्कप नामक लागुऔषधसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेचीनगर–६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागुऔषधसहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–७ का २६ बर्षीय चिरञ्जीवी तिम्सिनालाई १४ बोतल स्कप नामक लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
लागुऔषधसहित पक्राउ परेका तिम्सिनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।