७ असोज,काठमाडौँ ।
कक्षा ११ को नतीजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतीजा मंगलबार सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको छ । त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए ।
नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३।२१ देखि ३।६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन् । २।८१ देखि ३।२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २।४१ देखि २।८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् ।
यसैगरी ८४ हजार २ सय ३९ जनाले २।०१ देखि २।४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १।६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १।२१ देखि १।६० जीपीए, ८ हजार १७१ जनाको ०।८१ देखि १।२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०।८० जीपीए रहेका छन् । नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् ।
पुराना परीक्षा प्रणाली पूर्णाङ्कअन्तर्गत १७ हजार १ सय ४ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये ७ हजार १ सय ३२ जना उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशत ४१ दशमलव ७० हो । यसैगरी आंशिक परीक्षातर्फ १ लाख ४२ हजार ३ सय ४५ परीक्षार्थी सहभागी थिए ।
बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।