नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच सहयोग सम्झौता

नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच सहयोग सम्झौता

७ असोज, काठमाडौं ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान–प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुवैपक्षीय भ्रमण, प्रशिक्षण अध्ययन अनुसन्धान लगायतका कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्नका लागि समझदारी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि पूर्व एमाले र पूर्वमाओवादीबीच सीपीसीको छुट्टाछुट्टै सम्बन्ध थियो ।

एकता भएपछि पनि दुवै पार्टीका च्यानलबाट सीपीसीले काम गर्दै आएको थियो । अब पार्टी एकिकृत भएकाले अब एउटै पार्टी च्यानलबाट सम्बन्ध अघि बढ्नेछ । अब नेकपा र सीपीसीबीच विचार आदानप्रदान र दुईपक्षीय भ्रमणहरु हुनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.