७ असोज, विराटनगर ।
असोज ४ गतेदेखि काठमाडौँमा जारी एकेडेमी क्रिकेट लिगमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी पनि सहभागी हुने भएको छ । क्लवले नेक्सस क्रिकेट एकेडेमीको आयोजना र राष्ट्रिय खेलकुद परिषद्ले प्रवद्र्धनमा सञ्चालन भईरहेको अन्डर नाईन्टिन क्रिकेट लिगमा सहभागिता जनाउन लागेको हो ।
प्रतियोगितामा नेपाली यू–१६ र यू–१९ राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न टिमबाट प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका लागि छनौट भएका १४ जना खेलाडीसहितको टोली बिहीबार काठमाडौँ जाँदैछ । विराटनगर क्रिकेट क्लवको क्याप्टेनमा अमन आजद रहेका छन् भने कोचमा राजकुमार प्रधान र टिम म्यानेजर आशिष श्रेष्ठ रहेका छन् ।
विराटनगरले समू्हचरणमा असोज ११ गते एन्जल हर्ट क्रिकेट एकेडेमी काठमाडौँ, १३ गते जय क्रिकेट एकेडेमी महेन्द्रनगर र अन्तिम खेल १४ गते ओसिस क्रिकेट एकेडेमी काठमाडौँसँग खेल्ने विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमीका म्यानेजर आशिष श्रेष्ठले जानकारी दिए ।