८ असोज, मोरङ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १३ जना घाईते भएका छन् ।
आज बिहान पौने १० बजे पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ ख ४२७८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
साथै सोही स्थानमा को १६ प ६१४५ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक बेलबारी–२ का करण धिमाल समेत घाईते भएका छन् ।
घाईते मध्ये पिकअप चालक झापा बुद्धशान्ति–५ बस्ने केवल कुमालको लाईफ–लाईन अस्पताल दमक, सह–चालक झापा तोपगाछि–७ बस्ने मनिष दर्जीको बिराट नर्सिङहोम विराटनगर र बसमा सवार ११ जनाको पथरी अस्पताल पथरीमा उपचार भईरहको प्रहरीले जनाएको छ ।