प्रदेश १ को बजेट अधिवेशन अन्त्य, १४ वटा विधेयक पारित

प्रदेश १ को बजेट अधिवेशन अन्त्य, १४ वटा विधेयक पारित

८ असोज,विराटनगर ।
१४ वटा विधेयक पारित गर्दै १ नं प्रदेश सभाको बर्से अर्थात बजेट अधिवेशन अन्त्य भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बुधबार प्रदेश प्रमुख प्रा.डा.गोविन्द बहादुर तुम्हाङ्गले पठाएको पत्र पढेर सुनाएपछि बजेट अधिवेशन अन्त्य भएको घोषणा गरे ।

जेठ १३ गते सुरु भएको बर्से अधिवेशनसम्म आईपुग्दा ५ वटा विधेयक संसोधनसहित कुल ४३ वटा विधेयक परित भएको छ । जसमा प्रदेश प्रमुखबाट प्रमाणिकरण भई ३९ वटा विधेयक कानूनको रुप लिएको छ । बर्षे अधिवेशन कुल ६२ घण्टा सञ्चालनमा ५३ वटा बैठक सञ्चालन भएको सभामुख भण्डारीले प्रदेश सभालाई जानकारी गराए ।

चौथो अर्थात बर्से अधिवेशनमा महत्वपूर्ण १४ वटा विधेयक पारित भएका सभामुख भण्डारीले बैठकमा जानकारी गराए । उनले तेश्रो अधिवेशनमा पेश भएका र बर्षे अधिवेशनमा छलफल भई चालु अधिवेशनबाट पास भएको जानकारी दिए । उनले यो अधिवेशनवाट सबै टेबल भएका विधेयक पास भएको बताए ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट पारित विधेयक र तिनको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताए । उनले कानून निर्माणका क्रममा अधिकांश विधेयक सहमतिबाट पारित हँुदै आएको भएपनि पछिल्ला दिनमा कानून निर्माणका असहमति देखिए पनि भोलिका दिनमा संयमित बनेर सरकार अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

बर्षे अधिवेशनको अन्त्यमा सक्षिप्त मन्तव्य राख्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले बर्षे अधिवेशनमा सांसदहरूको सम्मान र प्रदेशको विकासमा प्रतिबद्धता जनाए अनुरूप काम गर्ने लक्षण नदेखाएको आरोप लगाए । उनले सत्तापक्षले विधेयकलाई सहमतिको आधारमा भन्दा पनि दुई तिहाईको दम्भमा बहुमतले पास गराउने संस्कार बसालेको बताए । सरकारले आफ्नो हितका लागि मात्र सहमति देख्ने गरेको बताउदै विधेयक पास गर्ने बिषयलाई सरकारले गम्भिरता पुर्वक नलिने गरेको बताए ।

अर्का प्रतिपक्षी दल समाजबादी पार्टी संसदीय दलका नेता जयराम यादवले पनि सरकारका काम कारवाही प्रभावकारी बन्न नसकेको प्रति तीव्र असन्तुष्टि जनाए ।उनले मन्त्री परिषद् बिस्तारको कामले अहिलेसम्म पुर्णता पाउन नसकेको बताए । उनले चाँडै नै मन्त्री परिषद् बिस्तारको लागि सभामुखमार्फत मुख्यमन्त्री शेरधन राईको ध्यानाकार्षण पनि गराए ।

१ नं प्रदेश सभाको चौथो अधिवेशनमा बजेटको विषयमा सत्तापक्षर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच असन्तुष्टि बढेपछि लगातार ३ पटकसम्म बैठक अबरुद्ध भएको थियो ।मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धको व्यवस्था गर्न बनेको विधेयकलाई सच्याउन माग राख्दै चालु अधिवेशनको अन्त्यमा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले लगातार तिन पटक संसद बैठक अबरुद्ध गरेको थियो ।

प्रमुख प्रतिपक्ष कांग्रेसले विधेयक सच्याउन माग गर्दै वेल र रोष्टम घेराउ गरेको थियो । तर कांग्रेसको चर्को विरोधको बाबजुत सरकारले गएको सोमबारमात्र सो विधेयक बहुमतको आधारमा पारित गरेको थियो । यस अघि प्रदेश सभामा सरकारले ल्याएको विधेयक पास गर्ने बिषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति र सहकार्य रहँदै आएको थियो ।

३९ वटा कानून निर्माण
प्रदेश १ को प्रदेशसभाले चौथो अधिवेशनसम्म आइपुग्दा४३ वटा कानून निर्माण गरेको छ । त्यसमध्ये अहिलेसम्म प्रदेश प्रमुखबाट प्रमाणीकरण भई ३९ वटाले कानूनको रुप लिएका छन् ।

प्रदेशसभाले चौथो अधिवेशनसम्म आर्ईपुग्दा महत्वपूर्ण प्रदेश लोक सेवा आयोग,जाँचबुझ तथा अनुसन्धान आयोग,भवन निर्माण सम्बन्धी, सहकारी सम्बन्धी, स्वायत्त संस्था गठन सम्बन्धी विधेयक पारित गरेको छ । गाउँ सभा र नगर सभा संचालनको लागिव्यवस्थागर्न बनेकोविधेयक,प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न विधेयक,प्रदेश विनियोजन विधेयक,प्रदेश आर्थिक कार्यविधि विधेयक लगायत पारित भएको छ ।

कुल ९३ प्रदेशसभा रहेको १ नं प्रदेशमा नेकपाका ६७, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस २१, संघीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक/एक सदस्य छन् । २०७४ माघ २२ गते पहिलो प्रदेश सभाको बैठक बसेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.