९ असोज, धनकुटा ।
धनकुटाको शहिदभूमि गाउँपालिका–१ र साँगुरीगढी गाउँपालिका–९ मा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा उम्रिएका करिव १९ हजार भन्दा बढी गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ ।
बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–१ देउराली र घंगरुवा भन्ने स्थानमा उम्रिएका ६ हजार २० बोट गाजा फडानी गरी नष्ट गरेको हो ।
यसैगरी बुधवार नै जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–९ आहालेमा १३ हजार ९ सय १० बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।