चलचित्र ‘धुपौरे’मा जुवाडे बन्दै अनमोल

चलचित्र ‘धुपौरे’मा जुवाडे बन्दै अनमोल

९ असोज, काठमाडौँ ।
निर्देशक साम्तेन भुटियाको फिल्म ‘धुपौरे’मा नायक अनमोल केसीले जुवाडेको भुमिकामा अभिनय गर्ने भएका छन् । स्रोतका अनुसार यसअघि लभर ब्वाईको रुपमा प्रस्तुत हुँदै आएका उनले यो फिल्ममा जुवा खेल्न माहिर एक युवकको भूमिका निर्वाहा गर्ने भएका हुन् ।

अनमोलले चलचित्रका लागी ५० लाख पारिश्रमिकमा मंगलबार सम्झौता गरेका हुन् । उनले अरु भन्दा यस चलचित्रमा यो फिल्ममा आफ्नो च्यालेन्जिङ रोल रहेको बताएका छन् ।

फिल्मका लागि केही दिनयता अनमोल वर्कसपमा व्यस्त छन् । स्रोतका अनुसार जीवनमा कहिल्यै जुवा नखेलेका कारण उनी अहिले तासको खेल सिकिरहेका छैनन् । फरक भूमिका निर्वाहा गर्न लागेका कारण यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । चलचित्रको तिहारपछि छायांकन हुँदैछ ।

छोटो अवधिमै एकसेएक ब्लकबस्टर फिल्म दिएका अनमोललाई अहिलेका ‘नम्बर वान नायक’ समेत भन्ने गरिन्छ । उनको नामले नै फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्ने विश्वास मेकरमा छ ।

गएको वर्षको अन्तिममा उनको फिल्म ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सानदार व्यापार गरेको थियो । ‘ए मेरो हजुर ३’ पछि उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ को तयारीमा जुटेका थिए । तर, यो फिल्म तत्काल निर्माण नहुने भएपछि ‘धुपौरे’मा अभिनय गर्ने भएका हुन् ।

अनमोल फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेको बताउँछन् । सो फिल्ममा अहिलेसम्म उनी मात्र फाइनल भएका छन् । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ । यसमा अनमोलको जोडी नयाँ अभिनेत्रीसँग बाँधिने बताइएको छ । फिल्म यसै वर्षभित्र प्रदर्शनमा आउने सम्भावना छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.